मोदी भेट्दै निधि, स्वदेश फर्कंदै महरा

काठमाडौँ  । प्रधानमन्त्रीको बिशेष दूतका रुपमा  भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । बिहान ११ बजेपछि हुने भेटमा उपप्रधानमन्त्री निधिले नेपालमा संविधान संशोधनमा भइरहेको प्रयास, संविधान कार्यान्वयन, चुनावको तयारी लगायतका विषयमा जानकारी दिनेछन् ।

निधिले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी र विदेशमन्त्री स्वराजसँग छुट्टाछुट्टै भेट गरेका थिए । भेटमा उपप्रधानमन्त्री निधिले नेपालका राष्ट्रपतिका तर्फबाट भारतीय राष्ट्रपतिलाई पठाएको नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए ।

यसैबिच प्रधानमन्त्रीको विशेष दूतका रुपमा चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा शनिबार स्वदेश फर्कंने कार्यक्रम छ ।