मोदीको निवासमा निधि, फर्किए महरा

काठमाडौँ  । भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटबार्ता भएको छ । उपप्रधान एवं गृहमन्त्री निधि सेभन रेस कोर्सस्थित मोदीको निवासमै पुगेका थिए ।

भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, नेपाल भारत सम्वन्ध लगायतका विषयमा छलफल भइरहेको बताइरहेको छ । भेटमा निधिले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

यसैबीच प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रुपमा  चीन गएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा शनिवार स्वदेश फर्किएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दे महराले चिनियाँ प्रधानमन्त्री लीसँगको भेटमा भ्रमणबारे सकारात्मक कुराकानी बहेको जानकारी दिए ।