रियो ओलम्पिक: ब्राजिलले जित्यो स्वर्ण, रोए नेयमार

काठमाडौँ । ब्राजिलले रियो ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक जितेको छ । शनिबार राती भएको फाईनल खेलमा सदावहार प्रतिद्वन्द्वी जर्मनीलाई पेनाल्टी सुट आउटमा हराउँदै ब्राजिलले उपाधि जितेको हो ।

खेलको निर्धारीत ९० मिनेटको समयमा दुबै टोलीबाट १-१ गोलको बराबरी भएको थियो । पहिलो हाफमै ब्राजिलका नेईमारले गोल गरेपनि दोस्रो हाफमा जर्मनीका म्याक्स मेयरले एक गोल फर्काएपछि खेल टाई ब्रेकरमा पुगेको हो ।

टाई ब्रेकरमा ब्राजिलका नेईमारले अन्तिम प्रहारलाई गोलमा बदल्दै टोलीलाई ५-४ ले जिताए । यो जितसँगै ब्राजिलले दुई वर्षअघि आफ्नै राष्ट्रमा सम्पन्न विश्वकप फुटबलमा जर्मनीसँग भोगेको हारको बदला लिएको छ ।