कांग्रेसको केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको संयुक्त भेला

काठमाडौँ । नेपाली कांग्रेसले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणको सन्दर्भमा राय, सल्लाह एवं सुझाव संकलनार्थ पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु र जिल्ला सभापतिहरुको संयुक्त भेला बोलाएको छ ।

भेला आजदेखि काठमाडौँको वानेश्वरस्थित आनन्द इभेन्ट पार्टी प्यालेसमा सुरु भई सोमबारसम्म चल्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । भेलामा समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल हुने बताइएको छ । भेलाको कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।