अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा ओली

काठमाडौँ । संसद्को आजको बैठकले  विभिन्न समितिमा रहने सांसद सदस्यको नाम थप गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । जस अनुसार निबर्तमान प्रधानमन्त्री  केपी शर्मा ओली र उनकै क्याबिनेटमा रक्षा मन्त्रालय सम्हालेका  भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा थपिएका छन् ।

त्यस्तै  कुन्तीकुमारी शाही विधायन समितिमा, दीपनारायण साह, नरदेवी पुन र , दामोदर भण्डारी अर्थ समितिमा, शान्ता मानवी विकास समितिमा, सत्यनारायणा मण्डल वातावरण समितिमा, ओली क्याबिनेटका अर्थ मन्त्री विष्णुप्रसाद पौडेल लेखा समितिमा  र रामकुमार सुब्बा राज्य व्यवस्था समितिमा थपिएका छन् ।

सभामुख ओनसरी घर्तीले सदनको आजको बैठकमा नाम थप प्रस्ताव राखेकी थिइन् ।