महानगरपालिकाका सव-ईन्जिनियर पक्राउ

काठमाडौँ । सेवाग्राहीसंग घुस लिदै गर्दा काठमाण्डौं महानगरपालिका सव-ईन्जिनियर पक्राउ परेका छन् । काठमाण्डौं महानगरपालिका वडा नं. ३ मा कार्यरत सव-ईन्जिनियर दिनेश श्रेष्ठले घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीबाट ३ लाख रुपियाँ घुस लिएका थिए  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई महाराजगंज स्थित नियालो रेष्टुरेन्टबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो ।