भाषण गर्दागर्दै प्रधानमन्त्री ढलेपछि ….

काठमाडौँ । सिङ्गापुरका प्रधानमन्त्री ली सेन लुङ आइतबार एक सार्वजनिक समारोहमा भाषण गर्दागर्दै बिरामी भई लड्नुभएको समाचारमा जनाइएको छ ।

उनले राष्ट्रिय दिवसका अवसरमा आइतबार सम्बोधन गर्दै थिए । सो क्रममा उहाँ अकस्मात ढल्न पुगे ।सहयोगीहरूले उनलाई कार्यक्रमस्थलबाटै तत्कालै अस्पताल पुर्याएका  थिए । तर उनको अवस्था भने गम्भीर नरहेको जानकारी चिकित्सकहरूले दिएका छन् ।
राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिएको सो सम्बोधन टेलिभिजनले प्रत्यक्ष प्रशारण गरिरहेको थियो ।

ली सन् २००४ देखि सत्तामा हुन  । उनि  सिङ्गापुरका संस्थापक नेता ली क्वान यीका छोरा हुन् ।