१० अर्ब विद्युत बक्यौता उठाउन बाँकी, लाइन काट्न सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेका ग्राहकको लाइन काट्न सुरु गरेको छ ।

प्राधिकरणले मुलुकभरी १० अर्ब रुपैयाँको  हाराहारीमा विद्युत बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ ।

 त्यसमा ३ अर्ब रुपैयाँ सडक बत्तीको रहेको प्राधिकरणले जनाएको छ। बक्यौता चुक्ता गर्न बारम्बार ताकेता गर्दा पनि अहिलेसम्म १० अर्ब रुपैयाँ उठ्न नसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले  लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको लाइन काट्न सुरु गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेका अनुसार रु ३७ लाख ३१ हजार ३३१ रकम बक्यौता रहेको महेन्द्र मञ्जिल, रु १० लाख १० हजार बक्यौता रहेको कमला दुगड र रु छ लाख  ६३ हजार बक्यौता रहेको शारदा शेरचनको लाइन काटिएको हो ।
यस्तै अत्तरीया क्षेत्रीय कार्यालय मातहतका १४ ग्राहकको लाइन काटिएको छ । प्राधिकरणका अनुसार युनाइटेड टेलिकमसहित १० ग्राहकको रु नौ लाख १८ हजार ८५२ बक्यौता रहेको छ ।