चीनबाट फर्किएका महरा पाकिस्तान जाने

काठमाडौँ । प्रधानमन्त्रीका बिशेष दूतका रुपमा चीनको भ्रमण गरेर फर्किएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा अब पाकिस्तान भ्रमणमा जाने भएका छन् ।

महरा सार्क अर्थमन्त्रीहरुको बैठकमा भाग लिन पाकिस्तान जान लागेका उनको निजी सचिवालयले जनाएको छ ।  सार्क अर्थमन्त्रीहरुको बैठक पाकिस्तानको राजधानी इस्लामावादमा बिहीबार र शुक्रबार हुदै छ  ।

बंगलादेशका अर्थ मन्त्री अबुल मुहिथ र भारतीय अर्थ मन्त्री अरुण जेटली बैठकमा सहभागी नहुने त्यहाँका संचार माध्यमहरुले जनाएका छन् । अर्थमन्त्रीहरुको बैठक अघि अर्थ सचिव स्तरीय बैठक हुने जनाईएको छ ।