लम्बियो निधिको भारत भ्रमण

काठमाडौँ । गत भदौ २ गते प्रधानमन्त्रीको बिशेष दूतका रुपमा भारत भ्रमणमा गएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको भ्रमण लम्बिएको छ । निधि आज सोमबार स्वदेश फर्कने कार्यक्रम भए पनि उनको राजनीतिक भेटघाट नसिकएकाले भ्रमण थप एक दिन लम्बिएको हो ।

भारत भ्रमणमा रहँदा निधिले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज तथा अन्य राजनीतिक नेताहरुसँग भेटघाट गरेका थिए। निधि मंगलबार बिहान  नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्कने निधिको निजी सचिवालयले जनाएको छ ।