नाच हेर्न गएका दुई जनाको गोली हानी हत्या

काठमाडौँ । तिजको नाच हेर्न गएका दुई ब्यक्तिको गोली हानी हत्या भएको छ ।

देउखुरीको गढवा-५ खबरीनाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ वर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

तिजको नाच हेर्न पुगेका रोकाद्वयलाई पुनले पुरानो रिसिवि साँध्न गोली हानेको एसपी सिंहले बताए ।  मृतक एक जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ, भने अर्काको शव कोहलपुरमा राखिएको छ । गोली हाल्ने कर्णबहादुर पुन भने फरार रहेको प्रहरीले बताएको छ ।