ताला फोडेर आइएमईबाट ५ लाख चोरी

काठमाडौँ । दाङको तुलसीपुरमा रहेको एउटा आइएमईबाट रहस्यमय तरिकाले पाँच लाख भन्दा बढी नगद चोरी भएको छ । तुलसीपुरको केन्द्रबिन्दु मानिने बिपी चोकस्थित राप्ती मनी ट्रान्सफर्मरबाट सोमबार बिहान १ बजे ५ लाख ३५ हजार चोरी भएको प्रहरीले जनाएको छ ।

सिसी क्यामेराको रेकर्ड हेर्दा आज बिहान चोरले आइएमईको घर्राको ताला फोडेर नगद चोरी गरेको आइएमईकी ब्यबस्थापक किरण पुनले जानकारी दिईन । चोरले ताला फोडेर भित्र प्रवेश गरी जुन घर्रामा रकम राखिएको छ त्यही घर्रामात्रै फोडेर रकम चोरी गरेकाले घटना रहस्यमय भएको प्रहरीले जनाएको छ ।