नेपाली सेनामा आकर्षक जागिरको अवसर

काठमाडौँ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय,जंगी अड्डाले विभिन्न रिक्त पदमा ४२ जनाको लागि आवेदन खुला गरेको छ । सेनाको हवाइ इन्जिनियर,डाक्टर,मेकानिक्स,रेडियोग्राफर लगायतका विभिन्न पदका लागि आवेदन खुला भएको हो ।

योग्यता पुगेका इच्छुक  उम्मेदवारले भदौं ६ गते देखि असोज ४ गतेभित्र कार्यालयमा आवेदन भर्न सक्ने छन् । साथै दरखास्त बुझाउने अन्तिम मितिबाट सातभित्र दोब्बर दस्तुर तिरी फारम दर्ता सकिने कार्यालयले जनाएको छ ।

दरखास्त फारम बुझाउँदा प्रति ब्यक्ति हजार रुपैंयाँका दरले दस्तुर लाग्ने र एक भन्दा बढी पदमा फारम भर्दा बीस प्रतिशतका दरले थप लाग्नेछ ।