महेन्द्र मञ्जिलको लाइन काट्ने कार्य अत्यन्त अमानवीय- राप्रपा नेपाल

काठमाडौँ । राप्रपा नेपालले पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाहको निवास महेन्द्र मञ्जिलको विजुली लाइन काटेर सरकारले ठिक नगरेको बताएको छ ।

उर्जामन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा आइतबार नेपाल विद्युत प्राधिकरणले लाइन काटेपछि राप्रपा नेपालले सो कार्यलाई अमानवीय कार्य भनेको छ ।

‘८९ वर्षीया बयोवृद्धा पूर्व मुमाबडामहारानीबाट प्रयोग भइरहेको महेन्द्र मञ्जिलको विद्युतको लाइन काट्ने कार्य अत्यन्त अमानवीय, अमर्या्दित र अनुपयुक्त छ,’ राप्रपा नेपालले भनेको छ’ ।