अख्तियारलाई नै घुस दिन खोज्दा….

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीलाई नै घुस दिन खोज्दा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु फन्दामा परेका छन  ।

जोरपाटीस्थित बुद्ध एकेडेमी आवासीय माविमा भएको अनियमितता छानबिनमा खटिएका दुई अधिकारीलाई सञ्चालकले १० लाख रुपैयाँ दिएर मुद्धा मिलाउन अफर गरेका हुन् । पैसा दिन पुगेका विद्यालय व्यवस्थापन समितिका सोनाम छिरिङ शेर्पा र सोनाम वाङ्छेन शेर्पा रंगेहात समातिएका छन् ।

निलो प्लास्टिकको झोलामा १० लाख बोकेर अनुसन्धानमा संलग्न डीएसपी रविराज खड्का र उपसचिव हरिबाबु पोखरेललाई शेर्पा मलस्थित रेड कार्पेट रेस्टुरेन्ट पुगेका शेर्पा बाउछोरालाई रंगेहात समातिएको हो । अर्का आरोपी व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरबहादुर बुढाथोकी भने भागेका छन् ।

दाताहरुको सहयोगमा सञ्चालिन एकेडेमीमा विद्यालय व्यवस्थापन समितिले दुई करोडभन्दा बढी अनियमितता गरेको उजुरी परेको बुझिएको छ ।