२४ घण्टा पनि टिकेन उर्जामन्त्रीको आदेश

काठमाडौँ ।  उर्जामन्त्री जनार्दनको शर्माको निर्देशनपछि पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएकोे महेन्द्र मञ्जिलमा काटिएको बिजुलीको लाइन जोडिएको छ ।

महेन्द्र मञ्जिलबाट तिर्न बाँकी रहेको ४७ लाख ६४ हजार रुपैयाँ सरकारले भुक्तानी दिने खबर आएपछि आइतबार काटिएको विजुलीको लाइन जोडिदिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

गणतन्त्र घोषणापछि पूर्वराजपरिवार नागार्जुन र निर्मल निवासमा सरे पनि पूर्वमुमा बडामहारानी रत्नलाई भने आजीवन महेन्द्र मञ्जिलमा बस्न दिने सरकारले निर्णय गरेको थियो । त्यहाको विद्युत् महसुल बक्यौता ४७ लाख ६४ हजार पुगेको छ ।

लाइन काटिएपछि सरकार आफैले  तिर्नुपर्ने रकम नतिरेर अन्याय गरेको भन्दै चौतर्फी आलोचना भएको थियो  ।