सात वटा मार्टमा सिलबन्दी

काठमाडौँ । बजार अनुगमनका क्रममा सात वटा मार्टहरुमा सिलबन्दी गरिएका छन् । म्याद नाघेका अखाद्य वस्तु भेटिएपछि विभिन्न नाम चलेका मार्टहरुमा सिल गरिएको हो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले एक हप्ताकाे बीचमा बिग मार्ट, भाटभटेनी सुपरमार्केट, सेलवेज लगायतका लोकप्रिय भइसकेका स्टोरहरुमा नै उपभोग्य मिति नाघेका वस्तुहरु भेटाएको हो । बिगमार्टका कालोपुलको सहित २, सेलवेज महाराजगञ्जको सहित २ र भाठभटेनिको प्रोडक्ट डिपार्टमा सिल गरिएको छ । अत्याधिक हेलचक्र्याँइ गर्ने ७ वटा मार्टहरुमा सिल गरिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा फोहोर मासु विक्री भइरहेको अवस्थामा ८ सय ३४ केजी मासु नष्ट गरेको छ । डिडिसीमा रिलेभलिङ गरिएको १ लाख केही पाउडर दूध भेटिएपछि बालाजु प्रशोधन कन्द्रमा सिल गरिएको छ । यसैगरी टोलीले २ सय ८ वटा लेभलिङ नगरिएका पानीका जार बरामद पनि गरेको छ ।

अनुगमन टोलीले मापदण्ड पुर्‍याउन नसकेका नवीकरण नभएका ११ वटा पोलिक्लीनिक पनि बन्द गराएको छ । ७० वटा सवारीलाई छड्के जाँच गर्दा सबैले बढी भाडा असुलेको पनि टोलीले फेला पारेको छ ।