इटालीमा ठूलो भूकम्प, धेरै क्षति भएकाे अाश‌ंका

काठमाडौँ । पेरुगियालाई केन्द्रविन्दु बनाएर इटालीमा ६.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पका कारण मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । इटालीको अमाट्रिसे शहरका मेयरका अनुसार शहरको आधी भाग पूर्णरुपमा ध्वस्त भएको छ ।

यस्तै इटालीकाे केन्द्रमा रहेकाे अकुमाेली शहरमा पनि थुप्रै घरहरु भत्किएकाे बताइएकाे छ । इटालीको राजधानी रोममा भूकम्पका कारण केही भवनहरु २० सेकेन्डसम्म हल्लिएको ला रिब्पिलिका पत्रिकाले बताएको छ । थप जानकारी भने अाउने क्रम जारी छ ।