शंखमुलको फर्निचर पसलमा आगलागी

काठमाडौँ । काठमाडौंको शंखमुलमा रहेको एक फर्निचर पसलमा आगलागी भएको छ। करिब ९ बजेर ३५ मिनेटमा लागेको आगो पसलमा फैलिएको हो। जुद्ध वारुणयन्त्रको तीन वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण पत्ता लागिसकेको छैन। आगलागी नियन्त्रणमा नआइसकेको कारण क्षतिको विवरण आएको छैन। विस्तृत विवरण आउन बाँकी छ ।