सिन्दुर पखाल्न र पोते फुकाल्न लगाई धर्म परिवर्तन गराउन खोज्ने पक्राउ

काठमाडौँ । झापा प्रहरीले  धर्म परिवर्तन गराउन खोज्नेा एक अमेरिकी नागरिकलाई  मंगलबार  पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेका छन् ।

प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बनियानीबाट प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनले स्थानीयवासीको उपचार गराउने नाममा धर्म परिवर्तन गराउन खोजेको आरोप छ । उनले आफू चिकित्सक भएको बताउँदै उपचार गराउन आएको र येशुलाई सम्झँदै सिन्दुर पखाल्न र पोते  फुकाल्न भने पछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उनलाई बनियानी–४ स्थित होस्मा एकेडेमी क्रिस्चियन चर्चबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।