एक खेलमा २९ गोल, ३२ पेनाल्टी

काठमाडौँ । फुटबलका प्रतिस्पर्धात्मक खेलहरुमा प्राय १-२ गोल नै हुने गर्छन । खेल बराबरी भएको  स्थितिमा पेनाल्टी हुने गर्छ र त्यसमा पहिलो पेनाल्टीमा बिजेताको छिनोफानो हुन्छ । तर मंगलबार भएको लिग कप फुटबलको दोस्रो चरणको एउटा खेलमा भने ३२ पेनाल्टी र  २९ गोल भए ।

डर्बी काउन्टी र कारलिस्लेबिचको खेलमा २९ गोल भएको हो । निर्धारित ९० तथा थप गरिएको ३० मिनेटको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । ५६ औं मिनेटमा डर्बीका डरेन बेन्टले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए ।तर इन्जुरी  समयमा कारलिस्लेका माइक जोन्सले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो ।

टाइब्रेकरमा पनि दुवै तर्फबाट लगातार गोल भएपछि ३२ पेनाल्टी प्रहार भए । त्यसमा पाँच वटा पेनाल्टीमा गोल हुन सकेन । टाइब्रेकरमा डर्बी १४–१३ ले विजयी भयो र लिगकपको तेस्रो चरणका लागि छनौट भयो ।