इटाली भूकम्पमा परि १० जनाको मृत्यु

काठमाडौँ । इटालीमा बुधबार बिहान गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको इटालीका अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहान ३ बजेर ३६ मिनेट जाँदा राजधानी रोमबाट १ सय किलोमिर उत्तर–पूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पले गर्दा इटाली मध्यभागको आधा सहर नै तहस नहस भएको भूकम्पबाट प्रभावित अमाट्रिस शहरका मेयरले भनेका छन् । नजिकै रहेको एकुमोलीमा पनि एकै परिवारका चारजनाको भगनावशेषमा पुरिएर मारिएको आशंका गरिएको छ ।

भूकम्पबाट सबैभन्दा प्रभावित बनेको आमाट्रिस शहर रहेको छ । जहाँ अझै पनि भगनावशेषमा पुरिएकाको खोजी भइरहेको छ ।