शक्तिशाली भूकम्पपछि आधा दर्जन परकम्प, २१ को मृत्यु

काठमाडौँ । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । इटालीको राजधानी रोम नजिक रहेको शहर पेरुगिएको दक्षिणी क्षेत्र केन्द्रविन्दु शक्तिशाली भूकम्प गएको हो ।

अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाए अनुसार ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समय अनुसार बिहान ३: ३६ बजे भूकम्प गएको हो । त्यसपछि ७ पटक परकम्प महशुश भएको सिएनएनले जनाएको छ । भूकम्पका कारण ३० सेकेन्डसम्म भवनहरु हल्लिएको बताईएको छ ।

भूकम्पको केन्द्र बिन्दु १० किलोमिटर मुनि रहेको थियो ।  भूकम्पले सबै भन्दा क्षति बढी क्षति एमाट्रिस शहरमा भएको बताईएको छ । त्यहाँका अधिकांश भवनहरु भग्नावशेषमा परिणत् भएका छन् । त्यहाका मेयरले ‘शहर नै बाँकी नरेहेको’ प्रतिक्रिया दिएका थिए । अझै भग्नावशेषमा मुनि अनगिन्ती मानिसहरु फसेका र तिनको उद्दार जारी राखिएको प्रहरीले जनाएको छ ।