अमेरिकन बिश्वबिद्यालयमा आतंककारी हमला, १२ को मृत्यु

काठमाडौँ । अफगानिस्तानको राजधानी काबूलमा रहेको अमेरीकी विश्वविद्यालमा भएको आतंककारी आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ विद्यार्थी, ३ प्रहरी, २ सुरक्षा गार्ड रहेको सिएनएनले जनाएको छ ।

प्रहरीले २ आक्रमणकारीलाई मारिदिएको छ ।  आक्रमणको समयमा ७ सय ५० विद्यार्थी बिश्वबिद्यालय परिसरमा थिए ।  हालसम्म कसैले घटनाको जिम्वेवारी लिएको छैन ।