कांग्रेसमा मिल्यो मन्त्रीको भागबण्डा, पौडेल पक्षबाट ५ मन्त्री

काठमाडौँ । नेपाली कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएको ३ सातापछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । कांग्रेसले आज नै आफ्ना मन्त्रीहरु पठाउने भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो  ।

यस अघि  कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच मन्त्री भागवण्डा मिलेको थिएन । पौडेल समुहले ५ मन्त्री र ४ राज्य मन्त्री नपाए सरकारमा नजाने अडान लिएको थियो । पार्टी सभापति देउवाले पौडेल पक्षलाई ५ मन्त्री दिन तयार भएपछि भागबण्डा मिलेको हो ।

पौडेल समूहले पाउने मन्त्रालयहरु भने टुंगिएको छैन । यसबारे छलफल चलिरहेको नेताहरुले बताएका छन् । कांग्रेसबाट मन्त्रीको टुंगो लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सम्भवत: शुक्रबार मन्त्रिपरिषद्को विस्तार गर्नेछन् । कांग्रेस सभापति देउवा उपचारको लागि शुक्रबारै सिंगापुर जाँदैछन् ।