भक्तपुरमा जन्ती बस दुर्घटना, २९ जना घाइते

काठमाडौँ । भक्तपुरमा बिहिबार एक जन्ती बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । नगरकोट नगरपालिका वडा नं ७ कलमसीबाट जन्ती लिएर जाँदै गरेको बा४ख १९०५ नंको ७ नम्बर रुट चल्ने रिजर्भ बस आज बिहान ११ः४५ बजे नगरकोट–५ स्थित सुडालमा दुर्घटना भएको हो ।

घाइते  मध्ये ११ जनाको मध्यपुर अस्पताल थिमिमा र १८ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको सङ्ख्या थप हुन सक्ने प्रहरीले जनाएको छ  ।