इटाली भूकम्प: मृतकको संख्या २ सय ४७ पुग्यो

काठमाडौँ । बुधबार इटालीमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २ सय ४७ पुगेको छ । त्यस्तै अझै दर्जनौँको संख्यामा मानिस पुरिएको हुनसक्ने उद्धारमा खटिएका टोलीले बताएका छन्।
बुधबार विहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प इटालीको राजधानी रोमबाट १ सय ५ माइल टाढा दक्षिणी पूर्वी क्षेत्र उम्ब्रियको नर्सिया इपिसन्टर पारेर गएको थियो ।