‘प्रचण्डमा नैतिकता गुमि सक्यो’- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक महिनासम्म सरकारलाई पूर्णता दिन नसक्नेबाट के अपेक्षा गर्ने भनि प्रश्न गरेका छन्  । बिहीबार थाइल्याण्ड प्रस्थान गर्नुअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष ओली  सरकारले पूर्णता पाउन नसकेको भन्दै प्रचण्डमाथि खनिएका हुन् ।

ओलीले भने ‘‘सरकारको ताल हेरिसकियो, एक महिना भयो सरकार गठन भएको तर अहिलेसम्म पूर्णता पाउन सकेको छैन, अब यो सरकारसँग के अपेक्षा गर्ने ?’ उनले सत्य बोल्दा आफ्नै बदनाम हुने भएपछि प्रचण्डले भ्रम फैलाउन थालेको   र  साँचो बोल्ने नैतिक बल गुमिसकेको पनि आरोप लगाए।  ओलीले भने- साँचो बोल्ने हिम्मत नभएका मान्छेका बारेमा कुनै प्रतिक्रिया दिनु छैन ।     उनले अबको सरकारले  संविधान संशोधन भन्दापनि कार्यान्वयनतिर ध्यान दिनुपर्नेमा जोड दिए  ।

उनले भने ‘संविधान परिवर्तनीय दस्तावेज हो भन्दैमा यसलाई संशोधनमात्रै गर्ने हो र? अब यसको कार्यान्वयनको लागिपनि हामीले ध्यान दिनुपर्छ । ’  उनले स्थानीय निकायको चुनाव आफ्नो नेतृत्वको सरकारले अघि सारेको कार्यतालिका र आयोगले अघि सारेको प्रतिवेदन अनुसार  हुनुपर्ने दोहोर्याए । ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका हुन । मृगौला प्रतयारोपण गरेका ओली दुई वर्षअघि गम्भीर बिरामी भएपछि नयाँदिल्ली र थाइल्याण्डमा उपचार भएको थियो ।

यसपछि उनी नियमित चेकजाँचको लागि थाइल्याण्ड जाने गरेको भएपनि प्रधानमन्त्री भएपछि जाँच गर्न गएका थिएनन् । ओली झन्डै दुई साता बैंककमा रहने छन् । उनले  बरिष्ठ उपाध्यक्ष  वामदेव गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेका छन् ।