‘वारि जमुना पारि जमुना’का गायक गुरुङको निधन

काठमाडौँ । ‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक खेमराज गुरुङको निधन भएको छ ।

जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको हो ।

थप उपचारका उनलाई आज दिउँसो एअर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिए पनि नाजुक अवस्थामा लैजान उपयुक्त नभएको सुझाव चिकित्सकले दिएपछि अन्तिम समयमा रद्द गरिएको थियो ।