त्रिशुलीमा बस खस्दा २० को मृत्यु

काठमाडौँ । मुग्लिन नजिकै यात्रुबाहक बस दुर्घटनामा परेको छ । रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेर डुबेको हो ।

ग १ ख ३७०९ नम्बरको बसमा कम्तिमा ३८ यात्रु रहेको र पछिल्लो जानकारी अनुसार १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु ५ जनाको घाइते अवस्थामा उद्दार गरिएको छ । आँबुखैरेनी, दमौली, खैरेनीटार र पोखरा क्षेत्रका यात्रु रहेको केसीले बताए। बिहीबार साँझ ६ बजे सो बस गौरबाट छुटेको थियो ।

बसको केही भागमात्र नदी बाहिर देखिएकाले हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।