त्रिशुली बस दुर्घटना: २१ को मृत्यु, घाइतेहरुको पहिचान (नामावली सहित)

शुक्रबार बिहान मुग्लिनमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २१ पुगेको छ  । चितवनका प्रहरी प्रमुख बसन्त कुँवरका अनुसार २० जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो  । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन्  ।

जस मध्ये बसका सह चालकसहित ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ ।नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।

घाइते दुई वर्षिया एक बालिकाको मुग्लिनमा तथा ९ जनाको भरतपुरमा रहेको नयाँ मेडिकल कलेजमा र २ जनाको भरतपुरमै रहेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेर डुबेको हो । ग १ ख ३७०९ नम्बरको बसमा कम्तिमा ३८ यात्रु रहेको प्रहरीको अनुमान छ ।

हेर्नुस घाइतेको विवरण

 १. सोयाता गुप्ता, उमेर ५ वर्ष

२‍. मिली शाह, उमेर ९ वर्ष

३.  प्रिन्स शाह, उमेर २ वर्ष

४. अविनाश चौधरी,  २५ वर्ष, सर्लाही वसन्तपुर १

५.  सुसन श्री बास्तव, २८ वर्ष, रौतहट गौर नगरपालिका १०

६ . सुराधी गुप्ता, वर्ष २८, भारत, सीतामडी

७.    राजन पाण्डे, वर्ष ३०, धादिङ, बसका सहचालक

८.   दीपिका थापा, पोखरा

९.   राजेश गुप्ता, वर्ष २८, भारतको पितामडी

१०.  सञ्जय शाह, वर्ष ४०, रौतहट चकुर ५ 

११.   श्याम न्यौपाने, वर्ष २५, रौतहट चकुर ३ 

१२.  नाम खुल्न नसकेकी २ बर्षकी बालिका