१३ मन्त्रीले लिए सपथ, हेर्नुस कसलाई कुन मन्त्रालय

काठमाडौँ । नेपाली कांग्रेसबाट नव नियुक्त १३ मन्त्रीले शुक्रबार बिहान पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित बिशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन् ।

सपथ लिनेमा अर्जुननरसिंह केसी, सितादेवी यादव, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, सुर्यमान गुरुङ, शंकर भण्डारी, नविन्द्रराज जोशी, गगन थापा, केशव कुमार बुढाथोकी, दीपक गिरी, रोमी गौचन थकाली र हृदयराम थानी   छन् । सरकारमा कांग्रेसबाट यस अघि नै विमलेन्द्र निधि र रमेश लेखक सहभागी भइसकेका छन् ।

सपथ ग्रहणमा पुरुष मन्त्रीहरुले दौरा, सुरुवाल, कोट र ढाका टोपी तथा महिला मन्त्रीले सारी चोलो र कोट लगाएका थिए । मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वधाई दिएका छन्। उनले ट्वीटमा भनेका छन ‘नवनियुक्त माननीय मन्त्रीज्यूहरुमा हार्दिक बधाईका साथ कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।’

हेर्नुस कुन मन्त्रालय कसलाई ?

दीपक गिरी – सिँचाइ

रोमी गौचन थकाली – वाणिज्य तथा आपूर्ति

सीतादेवी यादव – शान्ति तथा पुनर्निमाण

हृदयराम थानी – सहकारी तथा गरिबी निवारण

नवीन्द्रराज जोशी – उद्योग

डा. प्रकाशशरण महत – परराष्ट्र

बालकृष्ण खाँड – रक्षा

सूर्यमान गुरुङ – श्रम तथा रोजगार

अर्जुननरसिंह केसी – सहरी विकास

केशवकुमार बुढाथोकी – सामान्य प्रशासन

जीवनबहादुर शाही – पर्यटन

गगन थापा – स्वास्थ्य

शंकर भण्डारी – वन