त्रिशुली बस दुर्घटना: चालकसहित १७ को सनाखत(नामसहित)

काठमाडौँ । शुक्रबार बिहान त्रिशुलीमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुमध्ये १७ जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरुमा रौतहट महमदपुर ८ का २४ वर्षीय प्रमोद राम, रौतहट लौकाहाका राकेश यादव, कटारीया ९ रौतहटका ३४ वर्षीय व्रजकिशोर कुसवाहा, बसन्तपुर १ का २५ वर्षीय गणेशकुमार साह रहेका छन् ।

यसैगरी मधुवल्ला ३ का ३७ वर्षीय चितरञ्जन यादव, मधुवल्ला ६ का ३३ वर्षीय राजेशकुमार यादव र ठेगाना नखुलेको तर नेपाल खानेपानी संस्थानको कार्यालय सहायकको परिचयपत्र भएको जोकु साहको शव फेला परेको छ । रौतहट इनरुवा ७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी, भारत बिहारका ३६ बर्षीय फेकन ठाकुर र ३६ बर्षीय शंकर ठाकुर, भारत मोतिहारीका ४० बर्षीय रामसागर भगत, रौतहट राजपुरका कामेश्यरप्रसाद साह, पोखरा झल्ली डाँडाका ४१ बर्षीय चित्रबहादुर बोहरा, रौतहट गरुडा १४ जयनगरका २६ बर्षीय शेष सहजित आलम, रौतहट लोकाहा २ का सचिन्द्रप्रसाद यादव, गौर १३ सिर्सियाकी सन्ध्या श्रीवास्तव र बस चालक लेखनाथ ११ कास्कीका लोकबहादुर पौडेलको पनि सनाखत भएको छ ।

मृतकको संख्या २२ पुगेको छ ।