भारतमा एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौँ ।  पहिरोमा पुरिएर भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा नेपाली नागरिक लछिराम, उनकी श्रीमती र तीन जना बच्चा रहेको समाचारमा उल्लेख छ । तर, उनीहरुको नेपालको ठेगाना भने उल्लेख छैन ।

इण्डो एसियन न्यूज सर्भिसले जनाए अनुसार प्रहरीले शुक्रबारमात्रै घटनाबारे जानकारी दिएको हो ।