फेरि ट्रक खस्यो त्रिशुलीमा

काठमाडौँ । २२ जनाको ज्यान जानेगरी बस दुर्घटना भएको भोलिपल्ट आज फेरि त्रिशुलीमा एउटा ट्रक खसेको छ । नारायणघाट मुग्लिन सडकखण्ड अन्तर्गतको जलविरे भन्ने ठाउँमा ट्रक दुर्घटना भएको हो ।

चितवनबाट काठमाडौं आउँदै गरेको ना ३ ख ४५५६ नम्बरको ट्रक विहान करिब ७ बजे त्रिशुलीमा खस्दा त्यसमा सवार ७ जना यात्रु घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

घाइते हुनेमा २ जना पुरुष, २ जना महिला र ३ जना बालबालिका रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरि चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।