आन्दोलन गर्न सभामुखको आग्रह

काठमाडौँ । सभामुख ओनसरी घर्तीले आदिवासी जनजाति समुदायलाई आन्दोलन गर्न उक्साएकी छिन् ।

जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको भन्दै सभामुख घर्तीले त्यसका लागि आन्दोलन गर्न उक्साएकी हुन्।

काठमाडौंमा आयोजित ‘संविधान संशोधनमा आदिवासी जनजातिहरुका सवाल’ विषयक अन्तक्र्रियामा सभामुख घर्तीले विभिन्न राजनीतिक दलका सांसद्कासामु अधिकार प्राप्तिका लागि गर्ने आन्दोलनमा आफूले साथ दिने समेत बताइन् ।