न्याय खोज्दै गोर्खा सैनिकले गुहारे प्रचण्ड

काठमाडौँ । आफूहरुमाथि बेलायत सरकारले विभेद गरेको भन्दै बेलायती सेनाका पूर्व गोर्खा सैनिकहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी गुनासो गरेका छन् ।

एउटै पदमा रहेर उस्तै काम गर्दा पनि बेलायतले आफूहरुसँग पुस्तौँदेखि विभेद गरेको भन्दै उनीहरुले सरकारले नै वार्ताको पहल गरि समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका हुन् ।

शनिबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा टोलीले २५ वर्षदेखि आफूहरु बेलायत सरकारसँग वार्तामा बसे पनि सुनुवाइ नभएकाले सरकारी तहबाटै वार्ता गरी समस्या समाधानको पहल गर्न आग्रह गरेको हो ।  भेटमा पूर्व गोर्खा सैनिक कृष्णबहादुर राईले एकैस्तरको पदमा काम गर्दा पनि बेलायतले तलब र पेन्सनसहितका सुविधामा निरन्तर विभेद गरेको बताए ।