मध्यरातमा भूकम्प गयो

काठमाडौँ ।  शनिबार मध्यरातमा भूकम्प गएको छ । युटिएल समय अनुसार १२ बजेर ३ मिनेट जाँदा बाजुरा केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापन केन्द्रले ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

केन्द्रले यो गत बर्ष बैशाख १२ गते गएको भूकम्पको परकम्प नभएर नया भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महशुस भएको थियो ।