महिला आन्दोलनको अभियानमा तीज

नेपाली महिलाहरुको महान् पर्व तिजले नेपालको महिला आन्दोलनको अभियानमा सहयोग पुगेको महिला अगुवाहरुले बताएका छन् । नेपाल महिला संघ खैरहनी नगरपालिका र क्षेत्र नम्बर १ को आयोजनामा आयोजित तिज विशेष कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी महिलाहरुले यस्तो बताएका हुन् । उनीहरुले तिजको कार्यक्रमलाई भड्किलो नबनाई सम्बन्ध सुधार र घनिष्ठ खालको बनाउनु पर्ने बताएका छन् ।

महिलाहरुलाई सक्रिय बनाउन र सस्कृतिको जर्गेना गर्नका लागि तिज विशेष कार्यक्रमको आवश्यकता पर्ने उनीहरुको भनाई छ । नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा कांग्रेस क्षेत्रिय सभापति राजु शिलवाल, महासमिति सदस्यहरु राजेन्द्र बुर्लाकोटी, भिम प्रसाद थपलिया, शुशिला उप्रेती, महिला संघ सचिव लक्ष्मी लामिछाने, खैही नगर सभापति शशि खनिया लगायतले बोल्नुभएको थियो । क्षेत्रिय अध्यक्ष राममाया कंडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यसैगरी नेपाल महिला संघ भरतपुर वडा नम्बर ४ ले पनि तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । संघकी वडा अध्यक्ष ईन्दिरा कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा महिला संघकी जिल्ला अध्यक्ष पार्वती शाह, क्षेत्रिय पवित्रा के.सी, नगर अध्यक्ष शारदा पोख्रेल, बुथ सभापति सिताराम खनाल, पूर्व बुथ सभापति चन्द्रमित्र पंण्डित लगायतले बोल्नुभएको थियो ।