मोदीलाई पठाईएको पत्रबारे संसदमा जानकारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधामन्त्री पुष्पकमल दाहालले बह्रतीय समकक्षी नरेन्द्र मोदिलाई बिशेष दुत मार्फत पठाईएको पत्रको ब्यहोर सार्बजनिक गर्न माग गरेपछि गगृहमन्त्री बिमलेन्द्र निधिले यसबारे सदनलाई जानकारी दिएका छन् ।

निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतको रुपमा यही भदौ २ देखि ७ गतेसम्म गर्नुभएको भारत भ्रमणको बारेमा आज सदनलाई जानकारी गराएका हुन् ।  निधिले पत्रमा ‘आफुलाई बिशेष दुत तोकिएको , प्रधानमन्त्रीले  आफ्नो कार्यकालमा भारतीय प्रधानमन्त्रीको पूर्ण विश्वास र समर्थन पाउने विश्वास व्यक्त गरेको,  परिवर्तित राजनीतिक सन्दर्भमा उच्चस्तरीय भ्रमणमार्फत् सम्बन्ध उच्च स्तरको बनाउने विषयबारे, छिमेकी मुलुकको सम्बन्धलाई उच्चतम प्राथमिकता दिएको’,  उच्चस्तरीय भारत भ्रमणको माध्यमबाट द्विपक्षीय सम्बन्ध सम्बर्द्धन गर्न ठोस कदमहरु चाल्नेबारे विचारहरुको आदान प्रदान हुने आशा लिएको ‘  व्यहोराहरु समाबेश भएको जानकारी गराएका हुन् ।

 निधिले आफनो भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, सहकार्य र सहयोग विस्तार गर्न तथा उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न मद्दत पुगेको पनि बताए।  सरकारको गत साउन २७ गतेको निर्णयअनुसार उपप्रधानमन्त्री निधि प्रधानमन्त्री दाहालको विशेषदूतकारुपमा भारत भ्रमण गर्नुभई त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, पूर्वप्रधानमन्त्रीलगायतका नेतासँग भेट गरेका थिए ।

भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालको राजकीय भ्रमणको पत्र हस्तान्तरण गरेको, नयाँ सरकारको प्राथमिकता संविधान कार्यान्वयन गर्नु रहेकोले सबै पक्षलाई सहमतिमा ल्याएर अघिबढ्ने प्रयास भइरहेको बारेमा पनि आफूले त्यहाँका नेताहरुलाई जानकारी गराएको उपप्रधानमन्त्रीले सदनलाई जानकारी गराए ।

सो क्रममा उनले संविधान कार्यान्वयन गर्ने सिलसिलामा नेपालको संविधानअनुरुप सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचनलाई पनि तोकिएको समयभित्रै गराउने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको बारे छिमेकीमुलुकका राजनेतालाई अवगत गराएको बताए  ।