पूर्व राष्टपतिलाई दैनिक भ्रमण भत्तासहित ६० लाख दिने

काठमाडौँ । उपचारका लागि अमेरिका जान लागेका पूर्वराष्ट्रपति डा.रामवरण यादबलाई सरकारले ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। यो बाहेक उनलाई अमेरिका आउन जान बिजनेस क्लास टिकट, दैनिक ३ सय अमेरिकी डलर भत्ता दिने निर्णय सरकारले गरेको छ।

सरकारले पूर्वराष्ट्रपति यादबका तीन सहयोगीहरुलाई समेत सुविधा दिने निर्णय सरकारले गरेको छ। तीन जना सहयोगीलाई दैनिक १५० डलर भत्ता तथा टिकट खर्च दिने निर्णय भएको छ ।

पूर्वराष्ट्रपति डा. यादवलाई प्रोस्टेट क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो।