एक करोड ७२ लाखसहित ३ ब्यापारी पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले न्युरोडमा हुन्डीको कारोबार गर्ने ३ जना ब्यापारीलाई पक्राउ गरेको छ । अनु ट्रेडसका पवन सरोग्या.  कुमार राई र निर्दोष प्रसाईलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले १ करोड ७२ लाख रुपैयाँ बरामद गरेको छ ।