स्कूलटोल बिकास संस्थाको साधारण सभा

काठमाडौँ । लेखनाथ १३ स्थित गगनगौडा स्कुलटोलमा रहेको स्कूलटोल बिकास संस्थाको १५ औ साधारण सभा एवं ७ औ अधिवेशन टोल विकास संस्थाका अध्यक्ष राजु के सीको अध्यक्षतामा गगनगौडाको गणेश नेवा खलको भवनमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लाईन्स क्लब अफ लेखनाथका अध्यक्ष सूर्य नारायण बराल एवं उपाध्यक्ष बुद्धि बास्तोला रहनु भएको थियो । सो कार्यक्रममा टोल बिकास समितिका सल्लाहाकार कृष्ण अधिकारी, गोगनका प्र अ डम्मर प्रसाद पौडेल , ज्ञानज्योतिका प्रिन्सिपल अर्जुन अधिकारी, बृद्दाश्रमका अध्यक्ष प्रेम लिगल, लेखा समितिको बिष्णु प्रसाद खनाल लगायतले मन्तब्य राख्नु भएको थियो ।

साथै सो अधिवेशनले सर्वसम्मत रुपमा आगामी २ बर्षका लागि तिलक सुनारको अध्यक्षतामा ९ सदस्यीय गठन गरेको छ । सो समितिको उपाध्यक्ष बिजयबाबु पौडेल, कोषाध्यक्ष बसुन्धरा पाठक, सचिबमा शारदा खत्री , सह सचिबमा कमला खत्री, सह कोषाध्यक्षमा लालमाया थापा सदस्यहरुमा शान्ता राना , शोभा के सी, बिना कोईराला रहनु भएको छ ।

सो समिती गठन सहजिकरणको लागि बिष्णु खनाल , लक्ष्मण श्रेष्ठ एवं सम्मर बहादुर बस्नेतले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन मोहन थापाले गर्नु भएको थियो ।