प्रेस युनियन पर्साको ध्यानाकर्षण

काठमाडौँ । वीरगंजबाट प्रकाशित हुने राष्ट्रिय सहारा दैनिक पत्रिकामा प्रकाशित  “महिला साथीको बलात्कार प्रयासको आरोपमा नारायणी एफएमका पत्रकार देवान पक्राउ” शिर्षकप्रति प्रेस युनियन बीरगंजको ध्यानाकर्षण  भएको जनाएको छ ।

‘समाचारमा नेपाल प्रेस युनियन पर्सा शाखा र नेपाली कांग्रेसका आदरणीय नेता अजय चौरसियाज्यूको नाम समेत जोडिएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ बिज्ञप्तिमा उल्लेख छ ।

समाचारमा नेपाल प्रेस युनियन पर्साका सदस्य भनि उल्लेख गरिएका अलि असगर देवानले हालसम्म नेपाल प्रेस युनियन पर्साको साधारण सदस्यता नविकरण नगराएको जनाएको छ  । ‘साथै कुनै एक व्यक्तिको व्यक्तिगत कृयाकलापलाई नेपाल प्रेस युनियन जस्तो गरिमामय संचार संस्था र नेपाली कांग्रेसका केन्द्रिय सदस्य जस्तो प्रतिष्ठित जिम्मेवार व्यक्तिको नामसग जोडि प्रतिष्ठामाथि नै आच आउने गरि समाचार प्रकाशित गर्नु दुःखद कार्य भएको हाम्रो ठहर छ ।’ बिज्ञप्तिमा भनिएको छ ।