दुई लाख भूकम्पपीडितले पाए पहिलो किस्ता

काठमाडौं । दुई लाख भूकम्प पीडितले अनुदानस्वरूप पहिलो किस्ता ५० हजार रुपैया पाएका छन् ।

मंगलबार संसदको विकास समितिको बैठकमा पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भदौ १३ गतेसम्म २ लाख ४ सय ७२ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान ५० हजार जम्मा भइसकेको बताए ।

उनका अनुसार यो रकम १० अर्ब २ करोड ३६ लाख छ ।