गुण्डा नाइके दीपक मनाङ्गे कारागार चलान

काठमाडौँ । कुख्यात गुन्डा नाइके दीपक मनाङे पूर्पक्षकालागि जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई पूर्पक्षकालागि जेल चलान गर्न आदेश दिएको हो। उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

व्यक्ति बन्धक तथा अपरहण मुद्धामा न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले मनाङ्गेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।व्यक्ति बन्धक बनाएर रकम असुलेको आरोपमा प्रहरीले उनलाई दुई महिना अघि पक्राउ गरेको थियो ।  प्रहरीले मनाङेसहित सुशील मनाङे, ज्याक गुरुङ र सनी गुरुङलाई फरार अभियुक्त सूचीसहितको मिसिल सरकारी वकिल कार्यालयमा आइतबार बुझाएको थियो ।

सरकारी वकिलले उनीमाथि अपहरण र शरीर बन्धक मुद्धामात्र दायर गरेका थिए  । तर प्रहरीले भने २ महिना लामो अनुसन्धानपछि अपहरण तथा शरीर बन्धक उद्योगसँगै संगठित अपराधको अभियोग लगाएको थियो  ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ठमेल र दरबारमार्गसहित देशका प्रमुख सहरका रात्रिकालीन व्यवसाय, कवाडी र बालुवाखानीमा राज गर्दै आएका दीपक मनाङे नामले कुख्यात गुन्डा नाइके राजीव गुरुङलाई असार तेस्रो साता पक्रेको थियो ।