सेनामा १ सय ५० जनालाई रोजगारीको अबसर

काठमाडौँ । नेपाली सेनाले अधिकृत क्याडेट पदमा १५० जनाको लागि दरखास्त आहृवान गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले महिला तर्फ १५, आदिवासी जनजाति तर्फ २२, मधेसीमा १९, दलिततर्फ १० र पिछडिएको क्षेत्र अन्तर्गत ३ पद तथा खुल्ला तर्फ ८३ पदका लागि गरी १५० जानका लागि विज्ञापन खोलेको हो  ।

आवेदनका लागि जंगी अड्डढा, भद्रकाली, पूर्वी पृतना हेडक्वाटर इटहरी, मध्य पृतना हेडक्वाटर हेटौडा, पश्चिम पृतना पोखरा, मध्य पश्चिम पृतना सुर्खेत, सुदूर पश्चिम पृतना दिपायमा तोकिएको सेनाले जनाएको छ । दरखास्त एक हजार रुपियाँ शुल्क बुझाएर असोज १३ सम्म र डबल दस्तुर तिरी थप ७ दिन भित्र दिन सकिने जनाएको छ ।

स्नातक तह पुरा गरेकाले र १८ वर्षा पुरा भई २१ बर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् । सेनाले वेभ साइटबाट अनलाइन दरखास्त भर्न सकिने जनाएको छ ।