सेवा सुविधा कटौती गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । पूर्व सांसदहरुले आफूहरुले पाउँदै आएको सेवा सुविधा सरकारले कटौती गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पूर्वसांसदहरुले आफूहरुलाई सुविधाबाट वञ्चित गरेर सरकार पूर्वाग्रही भएको गुनासो गरे ।उनीहरुले आफुहरुलाई न्यूनतम सेवा सुविधा उपलव्ध गराई पूर्व सांसदहरुको मर्यादा कायम राख्न प्रधानमन्त्रीसमक्ष माग गरे ।

नीति निर्माण तह, राज्य पुनर्संरचनालगायतका विषयमा आफूहरुको सुझाव लिनसमेत उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।पूर्वसांसदहरुको कुरा सुनेपछि प्रधानमन्त्री दाहालले राज्य अहिले आर्थिक रुपमा सम्पन्न नभएकाले तत्काल सेवा सुविधा दिन नसकिने जवाफ दिएका थिए ।