बैठकमा निदाउने शिक्षामन्त्रीलाई मृत्युदण्ड

काठमाडौँ । उत्तर कोरियाली सरकारका शिक्षा मन्त्री किम यांग जिनलाई मृ्त्युदण्ड दिइएको बताएको छ। उत्तर कोरियाले यसलाई सार्वजनिक नगरे पनि दक्षिण कोरियाली सरकारले नामै किटेर शिक्षा मन्त्रीलाई मारिएको बताएको हो ।

बिबिसीले जनाए अनुसार उत्तर कोरियाली नेता किम जोंग उनको बैठकमा शिक्षा मन्त्री निदाइरहेको भेटेपछि उनीविरुद्ध भ्रष्टाचारको छानबिन गरिएको थियो ।