पहिरोमा बेपत्ता मध्ये दुई जनाको शव फेला

काठमाडौँ । दोलखाको लामाबगर- ४ को छेचोतमा पहिरोले पुरिएर बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ।
पहिरो खस्दा सात जना बेपत्ता भएका थिए।

मंगले तामाङ र पेममाया तामाङको शव फेला गरेको हो । उद्धार क्रममा मीनबहादुर ठकुरी  र एक चिनियाँ नागरिक घाइते अवस्थामा फेला परेका छन्। ठकुरीलाई उपचारका लागि एम्बुलेन्समार्फत सदरमुकाम पठाइएको छ। ची नाम गरेका एक चिनियाँ नागरिकको भने खुट्टा भाँचिएको बताइएको छ।

पहिरो खसेका कारण सिङ्गटी तामाकोसी क्षेत्रको बाटो अवरुद्ध बनेको छ ।